बोलपत्र नं: ०२/२०८२/०८३
महुली सामुदायिक विकास केन्द्र (MCDC) वि. सं २०५१ सालमा सप्तरी जिल्लामा स्थापना भएको मुनाफा रहित गैर सरकारी संस्था हो । स्थापनाकाल देखि हाल सम्म यस संस्थाले विभिन्न सामाजिक क्षेत्रमा सक्रिय रुपमा कार्य गर्दै आइरहेको छ । हाल BMZ/VCA/WHH को साझेदारीमा MCDC द्वारा सञ्चालित Up-scaling WASH system strengthening approach in the Terai Region of Nepal परियोजना अन्तर्गत अग्निसाइरकृष्णासवरन गाउँपालिका वार्ड न ४ स्थित विशाल चोकमा दिशाजन्य लेदो व्यवस्थापन प्रसोधन केन्द्र निर्माणका लागि चाहिने सामाग्रीहरु तोकिएको गुणस्तर र मापदण्ड, ढुवानी सहित तल उल्लेखित शर्तको अधीनमा रहने गरि इच्छुक निर्माण व्यवसायी, फर्म वा कम्पनीले लाहाछाप सहित शिलबन्दी दरभाउ पत्र आह्वानका लागि आजको मितिले प्रथम पटक ५ दिने यो सूचना प्रकाशित गरिएको छ ।
आवश्यक सेवा तथा सामाग्रीहरु ः
| S.N | Items | Specification | Units | Quantity |
| 1 | Cement PPC | As per NS/IS standard conforming no. & manufacture date without any lumps. like Shivam/Arghakhanchi/Maruti etc, NS marked, suitable for masonry work, no expiry , unbroken bag, IS/NS marked | Bag | 78 |
| 2 | Cement OPC | OPC 53 Grade as per NS/IS standard conforming no. & manufacture date without any lumps. Like: Shivam/Arghakhanchi/Maruti etc, NS marked, suitable for masonry work, no expiry , unbroken bag, IS/NS marked | Bags | 280 |
| 3 | Rebar
(10mm dia) |
TMT 10mm dia steel bar size,comply NS 191: 2046 Deformed Steel Bars and Wires for Concrete Reinforcement, Fe500D TMT Bars, NS/IS marked, rust free. | Kg | 6949 |
| 4 | Rebar
(8mm dia) |
TMT 8mm dia steel bar size,comply NS 191: 2046 Deformed Steel Bars and Wires for Concrete Reinforcement, Fe500D TMT Bars, NS/IS marked, rust free. | Kg | 2596 |
| 5 | Binding wire | Made of mild steel, it’s available in coils with a diameter ranging from 0.8 mm to 2 mm, rust free, good quality | Kg | 44 |
| 6 | Nails | Rust free, Good quality ,NS marked | KG | 61 |
शर्तहरू:
१. संस्थाले उपलब्ध गराएको फाइलमा तोकिएको गुणस्तर र मापदण्ड अनुसारको सामाग्रीहरू (ढुवानी सहित) को दरभाउ उल्लेख गरी केरमेट नगरी हस्त लिखित वा कम्प्युटर प्रिन्टबाट तयार गरि पेश गर्नुपर्नेछ ।
२. आवश्यक निर्माण सामाग्रीहरु निर्माण स्थल सप्तरी जिल्ला अग्नीसाइर कृष्णासवरण गाँउपालिकाको वडा नं ४ स्थित विशाल चोकमा आपूर्ति गर्नुपर्ने भएको हुनाले माँग गरिएका सामग्रीहरुको प्रस्तावित दर भाउमा, ढुवानी र मजदुर खर्च सहितको रकम उल्लेख भएको हुनुपर्नेछ ।
३. शिलबन्दी दरभाउमा माग गरिएको सामाग्रीहरू मांगगर्ने क्रममा केहि घटी/बढी हुन सक्नेछ ।
४. दरभाउ पत्रदाताले अनिवार्य रुपमा निम्न कागजात सहित दरभाउ पत्र पेश गर्नुपर्नेछ ।
५. दरभाउ पत्रमा बुन्दा न. ३ मा उल्लेखित सबै आवश्यक कागजात सहित कम्तिमा ३ वटा लाहाछाप सहित सफा नच्यातिएको खाममा बाहिर पट्टि प्रेषकको नाम, ठेगाना, सम्पर्क नं, ईमेल ठेगाना उल्लेख गरिएको हुनुपर्नेछ । अपुरो कागजातहरू भएको दरभाउ पत्र प्रतिस्पर्धामा समावेश गरिने छैन ।
६. ईमेल मार्फत दरभाउ पत्र पेश गर्ने प्रेषकले आफ्नो फाइललाई सुरक्षित पासवर्ड राखी पठाउनुपर्नेछ । पासवर्ड दरभाउ पत्र खोल्ने दिन संस्थाले तोकेको आधिकारिक कर्मचारी वा खरिद समितिको पदाधिकारीलाई मात्र सेवा प्रदायकको आधिकारिक प्रतिनिधिले गोप्य रुपमा उपलब्ध गराउनु पर्नेछ ।
७. दरभाउ पत्र पेश गर्ने समायावधि मितिः २०८२/१२/२९ देखि २०८३/१/३ गते बिहिवार दिउँसो ४:०० बजे सम्म रहनेछ। दरभाउ पत्र दर्ता गर्ने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा सोको भोलि पल्ट कार्यालय समय भित्र पेश गरेको हुनुपर्नेछ।
७. दरभाउ पत्र संस्थाको खरिद समिति, संस्थाको पदाधिकारी तथा आमन्त्रित सदस्य लगायत दरभाउ पत्र प्रेषकको रोहवरमा मिति २०८३/१/४ गते शुक्रबार बिहान ११:०० बजे खोलिनेछ । यदि दरभाउ पत्र प्रेषक उपस्थित हुन नसकेको खण्डमा प्रेषकको रोहवरमा online मार्फत समेत दरभाउ पत्र खोल्न सकिनेछ । दरभाउ पत्र दाताहरू उपस्थित नभएमा पनि दरभाउ पत्र खोल्न बाधा पर्ने छैन ।
८. प्रथम पटक प्रकाशित सूचनाको आधारमा अपेक्षित संख्या तथा दररेटमा दरभाउ पत्र प्राप्त नभएमा, सम्बन्धित सेवा प्रदायकको प्राप्त विवरण र कार्यअनुभवका आधारमा संस्था आश्वस्त हुन नसकेमा संस्थाले यसै प्रक्रियाबाट खरिद गर्न बाध्य हुने छैन ।
नोटः दरभाउ पत्र माथिको सम्पूर्ण अधिकार संस्थामा नै निहित रहनेछ । यस शिलबन्दी बोलपत्र सम्बन्धि विस्तृत विवरण (आवश्यक सामाग्रीहरुको विवरण, स्वःघोषणा फारम) प्राप्त गर्नका लागि कार्यालय समय भित्र संस्थाको सम्बन्धित परियोजना कार्यालयमा सम्पर्क राख्न सकिनेछ अथवा संस्थाको वेबसाइट www.mcdc.org.np बाट प्राप्त गर्न सकिनेछ सक्नेछ ।
विस्तृत जानकारीको लागि तथा प्रस्तावना पेश गर्नका लागि सम्पर्क ठेगाना
महुली सामुदायिक विकास केन्द्र (MCDC)
परियोजना कार्यालय, हिमालय टोल, राजविराज, सप्तरी
सम्पर्क नं: ०३१–५३०२०८
Email-ID: mcdc.wash@gmail.com
Website: https: www.mcdc.org.np