Notice

Home - Notice

Notice

सेवा तथा सामग्रीहरूको वार्षिक आपुर्ति सम्बन्धी सूची दर्ता गर्ने सम्बन्धी सूचना

 

प्रथम पटक प्रकाशित मितिः २०८२ श्रावण २९ गते ।

महुली सामुदायिक विकास केन्द्र (MCDC) एक विशुद्ध मुनाफा रहित गैर सरकारी संस्था हो । सप्तरी जिल्लाको सामाजिक क्षेत्रमा शिक्षाको नारा लिएर आफ्नो यात्रा अगाडि बढाएको यस संस्थाले ३१ औं वर्षको यात्रा पार गर्दै एक सफल संस्थाको रुपमा कायम भएर ३२ औं वर्षमा सेवारत रही प्रदेश स्तरीय संस्थाको रुपमा कार्य गर्ने क्षमताको विकास गरेको छ । यस विकास केन्द्रको खरिद विनियमावली २०८१ को विनियम नं ८ बमोजिम नियमित रुपमा आवश्यक पर्ने मालसामान तथा सेवा आपुर्ति गरिराख्नुपर्ने भएको हुनाले वार्षिक रुपमा तपसिलका सेवा तथा सामग्रीहरू सेवा प्रवाह गर्ने कार्यक्षेत्र तथा जिल्ला भरीको इच्छुक सेवाप्रदायक तथा आपूर्तिकर्ता सँग बार्षिक रुपमा सम्झौता गरी खरिद गर्ने खरिद समितिको निर्णय भए अनुसार पूर्व योग्यता प्रक्रियामा सम्बन्धित इच्छुक इजाजत प्राप्त फर्म, कम्पनी, होटेल सेवा प्रदायक संस्थाहरू लाई सप्लार्यस दर्ता फारमका साथ आवश्यक कागजात सहित यस कार्यालयमा सुचना प्रकाशित मितिले ७ (सात)दिन भित्र कार्यालयको समय अवधिसम्म पेश गर्न यो सूचना प्रकाशित गरिएको छ ।

क) आवश्यक मालसामान तथा सेवाहरु
१. कार्यालय मसलन्द, स्टेसनरी तथा अन्य विविध (जनरल सामाग्रीहरु तथा स्वच्छ्ता सामाग्री) सम्बन्धी आपूर्ति गर्ने कार्यहरू
२. प्रेस तथा छपाइ कार्य (कपि, पर्चा पम्प्लेट, पोष्टर, किताब, फ्लेक्स ब्यानर, प्रमाण पत्र) सम्बन्धी सेवाहरू
३. स्थानीय स्तरमा सञ्चालन हुने तालिम, गोष्ठी तथा बैठकको लागि तालिम हल, खाना, खाजा (पानी, क्याटरीङ्ग तथा खाजाप्याकेट,चिया) इत्यादी
४. सवारी साधन (स्कारपियो, बोलेरो, पिक अप भ्यान, ट्रयाक्टर, जिप, बस, कार, इ–रिक्सा, टेम्पो लगायत अन्य) भाडामा लिने सम्बन्धी कार्यहरू
५. कम्प्युटर, प्रिन्टर एवं इलेक्ट्रोनिक्स सम्बन्धी सामानहरू, पार्टपुर्जा जडान एवं मर्मत कार्य सम्बन्धी सेवाहरू तथा विद्युतीय सेवा तथा विद्युतीय सामग्रीहरू मर्मत सेवाहरू
६. मोटर साइकल मर्मत सम्भार तथा पार्टपुर्जा सहित सभिसिङ्ग सम्बन्धी सेवाहरू ।

ख) दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु
१. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
२. स्थायी लेखा नम्बर मु.अ.करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी
३. आ.व. २०८०÷०८१ कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी
४. आफुले आपुर्ती गर्ने मालसामान तथा सेवाको प्रकार (आइटमस)

 

सूची दर्ताको सूचीकृतका लागि दर्ता फाराम संस्थाको वेभसाईटबाट डाउन्लोड, इमेल मार्फत माग गर्न वा कार्यालयमा सम्पर्क गरी प्राप्त गर्न सक्नुहुनेछ ।

विस्तृत जानकारीको लागि तथा प्रस्तावना पेश गर्नका लागि सम्पर्क ठेगाना
महुली सामुदायिक विकास केन्द्र (MCDC)
केन्द्रिय कार्यालय महुली
सम्पर्क नं : ०३१–५३०२०८ ९८०१५२७८८९, ९८०१५४९०९
Emali: sliverjubliee@gmali.com

Website: https: www.mcdc.org.np

दर्ता फाराम माग गर्न पनि सकिनेछ इमेल ठेगानाः
sunita11mcdc@gmali.com वा maheshchy.mcdc@gmali.com